कर्णाली प्रदेशका स्थानीय निकायलाई कोपिला भ्यालीको सहयोग

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशका स्थानीय निकायलाई कोपिला भ्याली सेवा समाज सुर्खेतले स्वास्थ्य सामाग्री र खाद्य सामाग्री सहयोग गरेको छ । सुर्खेत, दैलेख र कालीकोट जिल्लाका विभिन्न स्थानीय तहलाई सहयाेग सामाग्री सहयोग गरेको हो ।

पहिलो चरणमा तीन जिल्लाका स्थानीय तह र क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको सेवा समाजका अध्यक्ष टोप बहादुर मल्लले जानकारी दिएका छन  । उनले कर्णालीका दश वटै जिल्लाका स्थानीय तह र क्वारेन्टाइनहरुमा सहयोग गरिने प्रतिवद्धता जनाएका छन् ।

बुधबारसम्म कालीकोटका खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, पलाता गाउँपालिका, महाबै गाउँपालिका, पचालझरना गाउँपालिका, सान्नी त्रिबेणि गाउँपालिकामा राहत सामाग्री वितरण गरिएको छ ।

त्यसैगरी सुर्खेतका चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका, चिङ्गाड गाउँपालिका, लेकबेशी नगरपालिका, भेरीगंगा नगरपालिका, वीरेन्द्रनगरका क्वारेन्टाइन लागि सामाग्री वितरण गरिएको मल्ले बताए  ।

त्यस्तै कोपिला भ्याली सेवा समाजले भारतबाट नेपाल फर्किएका नागरिकहरुलाई कर्णाली प्रदेशको सिमानामा खाना, नास्ता र पानीको ब्यबस्थापन गरी रहेको र गरी रहने सेवा समाजका सचिव रमेश मल्लले बताए ।