नेगेटिभ रिर्पोटपछि पचालझरनाको क्वारेन्टाइनमा रहेका ४२ जनालाई घर पठाइयो

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४२ जनालाई घर पठाइएको छ । ४२ जनाको आरडिटी रिर्पोट नगेटिभ आएपछि बिदाई गरी घर पठाइएको हो ।  

बिहिबार १४ दिनकाे क्वारेन्टाइन बसाइ पूरा गरेपछी पचालझरना गाउँपालिकाले  ४२ जनाकै नेगेटिभ  रिपोर्ट अनुसार  घर पठाइएको पचालझरना गाउँपालिकाका प्रबक्ता अनरुप रोकायाले जानकारी दिए ।

रोकायाका अनुसार पचालझरनाको बयाला स्थित आधारभुत बिधालयमा रहेका पचालझरनाका १३ नरहरिनाथ का २५ र रास्कोट नगरपालिकाका ४ जना गरि ४२ जनाको  रिपाेर्ट नेगेटिभ आएकाे हाे ।  यसअघि उनिहरूकाे  कंचनपुरको गड्डाचौकी र जितेगडामा पनि परिक्षण भैसकेकाे थियाे ।

क्वारेन्टाइनमा १४ दिन पूरा भएपछि गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवाल उपाध्यक्ष तारा न्यौपानेको उपस्थितिमा बिदाइ गरेर घर पठाइएको हो ।

पचालझारनाको हाल ज्ञानोदय माबिमा राम्नाकोटमा ८० जना र कोटिलामा ३० जना भारतबाट आएका नागरिक क्वारेन्टाइनमा रहेको बताइएको छ ।