अर्घाखाँचीमा थप १ जनामा कोरोना पुष्टि, संख्या ४ पुग्यो

अर्घाखाँची , जिल्लाको शितगंगाका नगरपालिकामा एक जना व्यक्तिमा कोराना पोजेटिभ देखिएको छ। योसँगै अर्घाखाँचीमा कोराना संक्रमितको संख्या ३ पुगेको छ।कोरोना संक्रमणबाट जिल्लाका एक जना संक्रमितकाे मृत्‍युसमेत भइसकेको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा बिहीबार गरिएको परीक्षणमा शितगंगा नगरपालिका ज्योति मावि ठाडा क्वारेन्टाइनमा रहेका शितगंगा ६ का ३६ वर्षीय पुरुषमा कोराना पोजेटिभ देखिएको हो। भारतबाट आएर क्वारेन्टाइनमा बसेको २२ दिनपछि पिसिआर रिपोर्ट पोजेटिभ आएको बताइएको छ।

कोरोना संक्रमित व्यक्तिको स्वास्थ्य स्थिति सामान्य रहेको जिल्ला जनस्वास्थ्य प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए। उता यसअघि गत जेठ १२ गते सोमवार पाणिनी गाउँपालिका वार्ड नं। ८ पालीको कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा २ जनालाई कोराना पोजिटिभ देखिएको थियो।

दुई जना सक्रमितलाई सन्धिखर्कको हटारी नेटा आइसाेलेसनमा उपचार भइरहेको छ। यस्तै गत जेठ १० गते शनिबार गुजरातबाट बसमा आउँदै गर्दा भुमिकास्थान नगरपालिका ९ ढिकुराको चरेपानीका ३४ वर्षीय इन्द्रबहादुर गैरेको लखनउमा निधन भएको थियो। जेठ १५ गते बिहीबार उनको पिसिआर जाँच रिपोर्ट पोजेटिभ आएको थियो।