नेगेटिभ रिर्पोटपछि पचालझरनाको क्वारेन्टाइनमा रहेका ४२ जनालाई घर पठाइयो
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४२ जनालाई घर पठाइएको छ । ४२ जनाको आरडिटी रिर्पोट नगेटिभ आएपछि बिदाई गरी घर पठाइएको हो ।
बिहिबार १४ दिनकाे क्वारेन्टाइन बसाइ पूरा गरेपछी पचालझरना गाउँपालिकाले ४२ जनाकै नेगेटिभ रिपोर्ट अनुसार घर पठाइएको पचालझरना गाउँपालिकाका प्रबक्ता अनरुप रोकायाले जानकारी दिए ।
रोकायाका अनुसार पचालझरनाको बयाला स्थित आधारभुत बिधालयमा रहेका पचालझरनाका १३ नरहरिनाथ का २५ र रास्कोट नगरपालिकाका ४ जना गरि ४२ जनाको रिपाेर्ट नेगेटिभ आएकाे हाे । यसअघि उनिहरूकाे कंचनपुरको गड्डाचौकी र जितेगडामा पनि परिक्षण भैसकेकाे थियाे ।
क्वारेन्टाइनमा १४ दिन पूरा भएपछि गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवाल उपाध्यक्ष तारा न्यौपानेको उपस्थितिमा बिदाइ गरेर घर पठाइएको हो ।
पचालझारनाको हाल ज्ञानोदय माबिमा राम्नाकोटमा ८० जना र कोटिलामा ३० जना भारतबाट आएका नागरिक क्वारेन्टाइनमा रहेको बताइएको छ ।