कालिकोटमा प्रधानमन्त्री ओली र देउवाको पुत्ला दहन

कालिकोट, बिप्लव नेतृत्वको नेकपाले एमसीसी सम्झौताको बिरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेर बहादुर देउवाको पुत्ला दहन गरेको छ ।

बुधबार लकडाउनको मौका पारेर गरिने राष्ट«घाती सम्झौतामा लागेको भन्दै पुत्ला दहन गरेको जनाएको छ । नेकपा कालिकोटका सेक्रेटरी रणदिपले एमसीसी जस्तो राष्ट्रघातका बिरुद्द लकडाउन बाधा नहुने आबश्यक परे सडकमा उत्रिने चेतावनी दिए ।

कालिकोट एरिया न ४ पचालझरना लगायत जिल्लाका सबै एरियाहरुमा नेकपाले देउवा र केपी ओलीको पुत्ला दोहन कार्यक्रम गरेको जनाएको छ ।