जाजरकोटमा एमसीसीको बिरोध गर्दै प्रधानमन्त्री ओली र देउवाको पुत्ला दहन

जाजरकोट, बिप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) जाजरकोटले ःएमसीसी सम्झौताको बिरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेर बहादुर देउवाको पुत्ला दहन गरेको छ । बुधकार एरिया नं ४ अन्तरगत भेरीनगरपालिमा उनिहरूकाे पुत्ला दहन गरेकाे बताइएकाे छ । 

नेपाल कम्युनिस्ट पार्टी र अखिल ९क्रान्तिकारी० जाजरकोटले पार्टीको केन्द्रिय कार्यक्रम अनुसार रास्ट्रघाती ःसम्झौताको बिरोध गर्दै प्रधानमन्त्री ओली नेपालि काङ्ग्रेस सभापति देउवाको पुतला दहन गरेको अखिल (क्रान्तिकारी)  जाजरकोटका सचीव दिपेन्द्र सिंह समीपले बताएका छन् ।

समिपका अनुसार यतिबेला नेपाल कोरोनासंगको लडाईमा तीब्र रुपले लडिरहेको बेला राष्ट्रघाति सम्झौता गर्न लागेको भन्दै पुत्ला दहन गरेको सिंहले बताए ।

त्यस्तै कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष बिराजन शाहीले एमसीसी नेपाली जनताको हित बिपरीत भएको भन्दै आफनै टाउको बन्चरो हाने सरह हुने बताएका थिए ।

साथै जाजरकाेटकाे कुशे गाउापालिकामा पनि पुत्ला दहन गरिएकाे बताइएकाे छ ।