दाङको मुसोट खोलामा यसरी खस्यो ट्रक, एक जनाको गयो ज्यान

दाङ, दाङमा बुधबार आज साँझ ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही देखि लमही तर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ट्रक चालक भारत घर भएका बलदेब सिंहको मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक बाबुराम जिसीले जानकारी दिएका छन् । लमही(घोराही सडकखण्ड अन्तर्गत घोराही उपमहानगर पालिका वडा नम्बर ३ मुसोट घुम्ती बाट खोलामा खसेर दुर्घटना भएको हो ।

ट्रक सडक बाट कम्तिमा दुई सय मिटर तल मुसोट खोलामा खसेको थियो ।  दुर्घटनामा परेको ट्रकले एउटा मोटरसाइकललाई समेत ठक्कर दिएको र मोटरसाइकल चालक समेत घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको नाम ठेगाना खुलेको छैन । त्यस्तै ट्रकका सहचालक पनि सम्पर्क बाहिर रहेको बताईएको छ । दुर्घटना बेलुका ५ बजेतिर भएको ट्रकको नम्बर प्लेट नभेटिएकाले ट्रकको नम्बर पहिचान हुन सकेको छैन् ।