दाङमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५६ पुग्यो

दाङ,   दाङमा आज थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राजपुर गाउँपालिकाका ३ जना र बंगलाचुलीकाका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा राजपुर गाउँपालिका ५ स्थित साधारण मावि सालभौरीको क्वारेन्टाईनमा बसेका वडा नम्बर ५ कै १३ बर्षिया किशोरी, वडा नम्बर १ का १९ बर्षिय पुरुष र २७ बर्षिया महिलामा कोरोना संक्रमण देखिएको हो ।

 

त्यसैगरी, बंगलाचुली गाउँपालिका ५ सुधा माबि झेल्नेटाको क्वारेन्टाईनमा बस्दै आएका वडा नम्बर ६ का २२ बर्षिया पुरुष र वडा नम्बर ७ का १७ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ ।

यो संगै दाङमा कोरोना संक्रमण हुनेको संख्या ५६ पुगेको छ । यसैबिच प्युठानमा पनि आज थप २ जनामा कोरोना संक्रमण देखिएको छ । माण्डबी गाउँपालिका वडा नम्बर १ का २३ वर्षीय पुरुष र वडा नम्बर २ का २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि हिजो प्युठानका एक जनामा कोरोना भाइरस देखिएको थियो ।

प्रतिष्ठान मै गरिएको परिक्षणमा सल्यानको कालिका माबि कपुरकोटको क्वारेन्टाईनमा बसेका कपुरकोट ६ का २९ बर्षिय एक पुरुषमा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा। विकास देवकोटाले जानकारी दिए ।