थर होईन चिन्तन परिवर्तन गरौं

छुवाछूत मुक्त  राष्ट्र घोषणा गरेको २०६३ साल जेष्ठ २१ गते आजको दिनसम्मा  १४ बर्ष पूरा भएको छ ।  पुर्ब सन्ध्यामा अन्तर जातिय बिहे गर्दा काभ्रेका अतीत मिजारलाई हत्या गरि धादिङको गजुरीको ठाटिमा झुन्डिएर फालिएको थियोे ।  किटानी जाहेर हुँदा पनि अपराधीलाई धरैटीमा रिहा गरिएको थियो ।

२०७३ असार २९ गते हत्या गरि मारिएका अजित मिजारको लास अहिलेसम्म पनि टिचिङ अस्पतालमा लास कुहिरहेको छ । पिडितले अहिलेसम्म न्याय पाएन्न यो तपाई हामी सबैलाई थाहा भएकै कुरा कुरा हो । छोराको हत्यारालाई कारवाही गरेको हेर्ने न्याय पर्खिनु भएका आमा बुबालाई कहिले  दिन्छ न्याय यो नेपाल सरकारले ? अझै हेर्न बाँकि नै छ । 

फ़ेरि तकालै अन्तर जातीय बिहेकै कारण रुकुम पश्चिम् सोतिमा जाजरकोटका नवराज बिक लोकेन्द्र सुनार, गोबिन्द साही, गणेश बुढामगर , सन्जु बिक, टिकाराम सुनार, निर्घात कुटिकुटी हत्या गरि डोरिले बाधेर भेरी नदिमा फालियो । नवराज बिक मात्र होइन प्रेमका पुजारी नवराज का ५ साथी समेत हत्या गरि नदिमा फालियो ।  एक जना बेपत्ता गोबिन्द साही १० दिन पछि हिजो मात्रै सुर्खेतको मेहलकुनामा शरीरमा निलाडाम सहित दर्दनाक  तरिकाले मारेर फेरिमा फालिएको अबस्थामा भेटिएका छ्न ।

यी त अहिलेसम्मकै प्रतिनिधि घटना मात्रै हुन  । अरु त भित्र भित्रै कति छ्न कति यस्ता घटनामा कहिले  हुन्छ सरकारको ध्यानाकर्षण यस्ता घटनाका दोषिलाई कार्बाही गर्ने आँ ट किन गर्दैन ।  सरकार कानुन कागजि खोस्टा मात्रै हो, या लागुपनि हुन्छ ।

कानुनमा भएको ब्यवस्थामा रहि रुकुम पश्चिम् हत्याकाण्डका मुख्य नाईके त्यहाँका वडा अध्यक्ष नै भएकोले कित कानुन लाग्दैन भन्नू पर्यो होइन् भने यो घटनालाई निस्पक्ष छ्नबिन गरि चाडै पिडितले न्याय पाउने छ्न भन्ने कुरामा आम उत्पीडित बर्ग दलित समुदाय ढुक्क छ ।

यदि एथेस्ठ प्रमाण तपाईं हामी माझ छर्लङ्ग छ्न जुन घटनाको मुख्य कारक तत्व दलित भएकै कारण हो भन्ने प्रष्ट देखियको छ । बाँचेर आउनेहरुबाट बुजिन्छ भएको केहो भन्ने कुरा अरु के चाहिने ? 

आज पनि हजारौं नागरिकहरु न्यायको लागि सडकमा न्याय खोज्न आन्दोलन गर्नु परेको छ । जबसम्म राज्यले ब्यवहारिक रूपमा छुवाछूत मुक्त हुदैन । तबसम्म दिबश होईन कालो दिनको रूपमा मनाउने दिन जेष्ठ २१ नआवस । 

अन्तमा समाज परिबर्तनका लागि सबैभन्दा ठुलो लडाई चेतनाको लडाई हो । चेतनाको लडाई बिना कुनै परिवर्तनका कुरा असंभव साबित हुने छन ।