नेकपा खजुराद्वारा गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण

नेपालगन्ज, बाँके नेकपा खजुरा गाउँपालिका कमिटीले खजुरा गाउँपालिकालाई बिभिन्न स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेको छ । मंगलबार खजुरा गाउँपालिकालाई बिभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हाे ।

जनताद्वारा जनताका लागि सहयोग अभियान अन्तरर्गत संकलन भएको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेकपा गाउँ कमिटीका अध्यक्ष राजकुमार बिकले जानकारी दिए । बिकका अनुसार  दश थान स्प्रे ट्याङ्कि,५०० थान सर्जिकल मास्क, सोडियम हाइपो क्लोराइड ७५ लि सेनि टाईजर १५० थान सहयोग गरिएको छ  । सहयाेग सामाग्री गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, उपाध्यक्ष एकमाया बिकलाई हस्तान्तरण गरिएको थियो ।