प्यूठानका थप २ जनामा कोराना संक्रमण पुष्टि, संक्रमितको संख्या ३

भालुवाङ, प्यूठानका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसिआर परिक्षणमा माण्डवी गाउँपालिका २ मर्कावाङ प्यूठानका २० र २३ वर्षीय दुई जना पुरुषमा कोरोना पुष्टि भएको माण्डवी गाउँपालिका स्वास्थ संयोजक धुब्र पोखरेलले जानकारी दिए ।

उनीहरु भारतबाट आएर दाङको बंगलाचुली गाउंपालिका वडा नंवर ५ झेलनेटा स्थित सुधा माध्यमिक बिध्यालयको क्वारेन्टाईनमा बस्दै आएका थिए । यो संगै कोरोना संक्रमितको संख्या प्यूठानमा तीन पुगेको छ।

मंगलबार स्वर्गद्वारी नगरपालिका ४ का एक ५९ बर्षीया पुरुषमा पनि कोरोना पुष्टि भएको थियो ।