पाकिस्तानमा कोरोना संक्रमणबाट एक मन्त्रीको निधन

एजेन्सी, कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट पाकिस्तानमा मन्त्रीको निधन भएको छ। पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको थियो। मुर्तुजा बलोच पाकिस्तानको पिपुल्स पार्टी ९पीपीपी०को कराँची अध्यक्षसमेत थिए।

उनी सन् २०१६ मा विधानसभा सदस्य चुनिएका थिए। पीपीपीका अध्यक्ष बिलावल भुट्टो र सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अलीे मुर्तुजाको निधनप्रति शोक व्यक्त गरेका छन्। पाकिस्तानमा कोरोनाका कारण हालसम्म ७६ हजार ३ सय ९८ जनामा संक्रमण देखिएको छ भने एक हजार ६ सय २१ जनाको ज्यान गएको छ।