राष्ट्रिय जनमोर्चाद्वारा संघीयता खारेजीको प्रस्तावसहित संविधान संशोधन विधेयक दर्ता
प्रकासित मिति : २०७७ जेष्ठ २१, बुधबार २१:५३
प्रकासित समय : २१:५३
काठमाडौँ, राष्ट्रिय जनमोर्चाले संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ । संघीयता खारेजीको प्रस्ताव समेटेर जनमोर्चाले बुधबार संविधान संशोधन विधेयक दर्ता गरेको हो ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल लगायत नेताहरु संघीय संसद सचिवालय पुगी संविधान संशोधनको प्रस्ताव दर्ता गराएका हुन् ।
सरकारले संसदमा संविधान संशोधन प्रस्ताव पेस गरेसँगै विभिन्न पार्टीहरुले आफ्नो तर्फबाट संशोधनको प्रस्ताव दर्ता गराइरहेका छन् । राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी र नेपाली कांग्रेसले यसअघि नै संशोधन प्रस्ताव दर्ता गराइसकेका छन् ।