दाङमा एक वडाध्यक्ष सहित थप ८ जनामा काेराेना संक्रमण

भालुवाङ, दाङ एक वडाध्यक्ष सहित थप ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । मंगलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणबाट दाङकाे बंगलाचुली गाउँपालिका एक वडाध्यक्षमा काेराेना संक्रमण पुष्टि भएकाे प्रतिष्ठानले जनाएकाे छ । त्यस्तै दाङको राप्ती गाउँपालिकामा २ जना, बंगलाचुली गाउँपालिकामा एक जना वडाध्यक्ष सहित ६ जना र प्यूठानकाे स्वर्गद्वारी नगरपालिकामा १ जना गरी ९ जनामा कोरोना पुष्टि भएको प्रेस विज्ञप्ती मार्फत प्रतिष्ठानले जानकारी दिएको छ ।

जसमा राप्ती गाउँपालिका वार्ड नम्बर १ का १८ बर्षीय १ जना पुरूष, साेही गाउँपालिका वार्ड नम्बर ९ का ५५ बर्षीय १ जना पुरूष गरि दुई जनामा काेराेना संक्रमण पुष्टि भएकाे प्रतिष्ठानले जनाएकाे छ । त्यस्तै दाङकाे बंगलाचुली गाउँपालिका वार्ड नम्बर ५ का ५ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । ती सबै पुरूष रहेका छन् ।

जसमा १९, २७, ३१, ३२ र ५४ बर्षका पुरूषमा काेराेना पाेजेटिभ देखिएकाे प्रतिष्ठानले जनाएकाे छ । त्यस्तै साेही गाउँपालिका वार्ड नम्बर ७ का २९ बर्षीय पुरूषमा काेराेना पाेजेटिभ देखिएकाे प्रतिष्ठानले जनाएकाे छ ।  यता प्यूठान जिल्लामा पहिलाे पटक १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वर्गद्वारी नगरपालिका वार्ड नम्बर ४ का ५९ बर्षीय १ जना पुरूषमा काेराेना पाेजेटिभ रिपाेर्ट आएकाे प्रतिष्ठानले जनाएकाे छ ।

दाङकाे राप्ती गाउँपालिकाबाट ११७, बंगलाचुली गाउँपालिकाबाट ७४ जना र प्यूठान जिल्लाबाट ३ जना गरी कुल १९४ काे स्बाब संकलन गरी पिसिआर विधीबाट परिक्षण गर्दा प्यूठानका १ जना र दाङकाे ८ जना गरी ९ जनामा काेराेना पाेजेटिभ देखिएकाे प्रतिष्ठानका का.मु रजिस्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन् ।

जसमध्ये १ सय १८५ जनाकाे काेराेना नेगेटिभ रिपाेर्ट आएकाे प्रतिष्ठानका का.मु रजिस्ट्रार देवले जानकारी दिए । जसमा राप्ती गाउँपालिकाकाे ११५ जनामा काेराेना नेगेटिभ रिपाेर्ट आएकाे प्रतिष्ठानले जनाएकाे छ । प्रतिष्ठानमा अब १ हजार ५ सय ९४ जना स्वाब परिक्षण गर्न बाँकी रहेकाे छ ।

दाङमा आज थप ८ जनामा काेराेनामा काेराेना संक्रमण देखिए संगै संक्रमितकाे संख्या ५१ पुगेकाे छ । संक्रमित सबै क्वारेन्टाइन बस्दै आएका थिए । वडाध्यक्ष बाहेक सबै छिमेकी मुलुक भारतबाट आएका थिए । काेराेना संक्रमित सबैकाे स्वास्थ्य अवस्था समान्य रहेकाे प्रतिष्ठानले जनाएकाे छ ।