सिमानामा उभियर

कविता

हो त्यहीँनेर ढल्यो
मेरो सपनाको महल
सिमाना बेचेर स्वार्थको माला लगाएपछि
हो त्यहीँनेर लुटियो
मेरो देशको अस्मिता
तिमिले उस्कै घामको उज्यालोमा
नाचेर छमछमी
आबश्यकताको परिपुर्ति गर्यौ ।
उस्कै लालचको सवारीमा सवार भएर
सम्पन्नताको भ्रम बाच्यौ  ।
मानेर हरपल उस्को तन्नेरी आदेस
हरेक बाझो निर्णयमा हस्ताक्षर गर्यौ
र झुक्याएर पटक पटक मलाई
स्वतन्त्रताको नाटक रच्यौ  ।
हो त्यहीँनेर पिल्लिएको छ मेरो देशको अँखा
मेरो सहनशिलतालाइ कमजोर ठानेपछी
हो त्यहीँनेर पाछिएकोछ मेरो देशको मुटु
आज हाँस्दैन निसङ्कोच मेरो हिमाल
सिमाना दुखेर मेचिकाली
लिपुलेक रुदैछ धर्धरी
लिम्पियाधुराको शिरमा उम्रिएको दुबो
अर्कै देशमा हरियो छरिरहेछ । 
आज ढुक्कले घुम्दैन मेरो समयको काटा
र खोलाको लहरले स्वतन्त्रताको गित गाउदैन आज
हो त्यहीँनेर भत्कियो मेरो एकताको बाध
तिमिले साटेर मेरो माटोको सुगन्ध
उस्कै आगन सुगन्धित बनायौ  ।
र खिया पारेर मेरो आशामा
पराधिनताको धार लगायौ
जब तिमिले कमजोर ठानेपछी आफुलाइ
उसग सिद्धान्तको भिख माग्यौ  ।
र समस्याको समाधान गर्ने बहानामा
बिनासको पैरो चलायौ
हो त्यहीँनेर छाम्यो उस्ले मेरो देशको ढुकढुकी
र नाकाबन्दी गरेर मेरो आवश्यकतालाई
ठान्यो उस्ले मगन्ते
त्यहिबेला उस्ले मेरो स्वभिमानमा
तागतको शालिक ढड्यायो
र लडाएर एक आपसमा
अधिकारको नाटक मन्चन गर्यौ ।
र त यतिबेला उ
मेरै आगनिमा होलि खेलु भन्छ रगतको
र चुडालेर सद्भावको डोरि
उ युद्दको बेर्ना उमारु भन्छ
दबाबको कोर्राले
हिर्काएर मेरो देशलाई
उ बनाउ भन्छ घाइते
र बिरामी बनाएर मेरो मानशिकता
आफ्नै शासनको रजाइँ गरु भन्छ ।
लादेर आफ्ना अरौटेहरु यहीँ
जबर्जस्त मेरो देशको बनाउन खोज्छ
र बहन गराएर पदिय जिम्मेवारी
मलाई उपनिबेशको बनाउन खोज्छ
तर खबरदार !
ढल्दैन मेरो स्वभिमान
गल्दैन मेरो बिश्वास
डग्दैन मेरो एकता
मेरो चन्द्र सुर्यको कसम
अब म
आगोमा पानी भएर होइन
आगोमा आगो भएर दन्कनेछ
भाग सिमानाका फोहोरहरु
म झिल्को भएकीछु
खबरदार !
डडाउछु म क्षण भरमै ।