अछाममा पहिलो पटक ३३ बर्षिय पुरुषमा कोरोना संक्रमण

अछाममा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । जिल्लाको चौरपाटी गाँउपालिकाका ३३ बर्षिय पूरुषमा कोरोनाको संक्रमण देखिएको हो । सेती प्रादेशिक अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ति पुरुषमा कोरोनाको संक्रमण देखिएको पुष्टी भएको अस्पतालले जनाएको छ ।

अछामबाट श्वाब संकलन गरि धनगढी पठाईएका ति पूरुषमा कोरोनाको संक्रमण देखिएको हो । सेती अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले टेलिफोन मार्फत दिएको जानकारी अनुसार चौरपाटी २ का ३३ बर्षिय पुरुषमा कोरोनाको संक्रमण भएको पुष्टी गरे ।

सोकटको क्वारेन्टाइनमा रहेका १८ जनाको स्वाब संकलन गरि धनगढी पठाएकोमा १ जनाको रिपोर्ट पोजिटिभ र अरु १७ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले जानकारी दिए ।

संक्रमण देखिएका ति पुरुषलाई चौरपाटीबाट जिल्ला अस्पताल मंगलसेन ल्याउने तयारी भईरहेको बताईएको छ । यसघि मेल्लेख गाउँपालिकाका ३२ बर्सिय पुरुषमा धनगढीमा कोरोना संक्रमणको पुस्टि भएको थियो। जेठ १२ गते भारतबाट आएका १९ जना संगै रहेका ति पुरुषमा संक्रमण देखिएकाे हाे।