हलो जोत्ने साथी : यो हो तस्विरमा निर्मलाको हलो कथा
नाम : निर्मला थापा
पेशा : सामाजसेवा , संचारकर्मी (बिभिन्न संघ संस्थामा आबद्ध)
घर : कुशे गाउँपालिका ५ दम्दाला जाजरकोट ।
निर्मला हलो जोतिरहेकी देखिन्छन् । धेरैलाई लागिरहेको होला उनि फेसबुकमा फोटो पोस्ट गर्न हलो जोतिरहेकी हुन । त्यसो लाग्नु पनि अस्वभावीक हैन । तर निर्मलाको हलोको कथा निक्कै घत लाग्दो छ । एक्ली आमाकी एक्ली छोरी निर्मला जब खेतिपातीको सिजन आउँछ यसरी नै हलो समातीरहेकी हुन्छीन । उनको घरमा अर्को हलो समात्ने मान्छे नभएर मात्रै हैन उनलाई यो सामाजसंग बिद्रोह गर्नुछ । छोरीले पनि सबै काम सक्छन भन्ने पुस्टी गर्नुछ । अक्सर उनि छोरा मान्छेले गर्ने सबै काममा अग्रसर भैरहेकही हुन्छीन ।
उनले सामाजिक सञ्जालमा फोटो पोष्ट गर्नको लागि मात्रै हलो समातेकी हैनन् । यानकी लाइक कमेन्ट बटुल्न पोस्ट गरेकी हुन । केहि बर्षदेखि निरन्तर हलो जोत्दै आइरहेकी निर्मलाका कथा हलोको सियो जस्तै लामा छन । एक्ली आमाकी एक्ली छोरी निर्मलाका लागि यो कर्म रहर मात्रै नभएर अहिले बाध्यता समेत भएको छ ।
झट हेर्दा अब्बल कृषक जस्तै लाग्ने निर्मला थापा एक संचारकर्मी हुन । तर उनि हलोसंग साउति गर्न थालेको पनि बषौँ भैसकेको छ । उनको परिचय संचारकर्मीले मात्रै अपुरो हुन्छ । उनि एक शसक्त सामाजिक अभियान्ता समेत हुन । जाजरकोटका बिभन्न संघ संस्थामा आबद्ध उनि सामाजिक परिचालिकाकी रूपमा समेत चर्चित छन ।
जाजरकोटमा रहेका बिभिन्न संघ संस्थामा काम गरेर आफनो क्षामता अब्बल प्रस्तुत गरिसकेकी उनि सबै काम गर्छिन । सानै संघर्ष गर्दै हुर्किएकी निर्मला थापाको परिबारमा निर्मला र आमा मात्रै छन । साथै उनि कुसेन्युज डटकमसंग आबद्ध रहेकी छन ।
बिभिन्न सामाजिक काम गर्दाका निर्मलाका तस्बिरहरु हेरौँ
उनको गाउँ कुशे ५ दम्दाला जो जाजरकोटको सुन्तला खेतिको प्रख्यात गाउँ हो ।