घाेराहीमा मात्रै ९ जनामा काेराेना संक्रमण, दाङमा कोरोना संक्रमितकाे संख्या ४३

दाङ, जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । साेमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणमा दाङको घाेराही उपमहानगरपालिकामा मात्रै ९ जनामा कोरोना पुष्टि भएको प्रेस विज्ञप्ती मार्फत प्रतिष्ठानले जानकारी दिएको छ ।

जसमा घाेराही उपमहानगरपालिका वार्ड नम्बर १ मा २ जना, वार्ड नम्बर २ मा ५ जना, वार्ड नम्बर ५ मा १ जना र वार्ड १७ मा १ जना गरी ९ जनामा कोरोना भाइरस रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएकाे छ ।

जस अनुसार घाेराही उपमहानगरपालिका वार्ड नम्बर १ मा ११ बर्षीय बालिका, ३० बर्षीय पुरूष, वार्ड नम्बर २ मा १९ बर्षकी किशाेरी, २६, ४०, ४५ र ५६ बर्षकाे पुरूषमा काेराेना पाेजेटिभ देखिएकाे प्रतिष्ठानले जनाएकाे छ । त्यसैगरी वार्ड नम्बर ५ मा ५३ बर्षीय १ जना पुरूष र वार्ड नम्बर १७ मा २० बर्षीय पुरूषमा पनि काेराेना पाेजेटिभ देखिएकाे प्रतिष्ठानले जनाएकाे छ ।

दाङकाे घाेराही उपमहानगरपालिकाबाट ११२ र बंगलाचुली गाउँपालिकाबाट १२० जनाकाे स्बाब संकलन गरी पिसिआर विधीबाट परिक्षण गर्दा घाेराही उपहानगरपालिकाका मात्रै ९ जनामा काेराेना पाेजेटिभ तथा २२३ जनामा रिपोर्ट नेगेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।

जसमा घाेराही उप-महानगरपालिकामा १०३ जनामा नेगेटिभ तथा बंगलाचुली गाउँपालिकाकाे १२० जनामै काेराेना नेगेटिभ रिपोर्ट पोजेटिभ देखिएकाे प्रतिष्ठानका का.मु रजिस्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन् ।  काेराेना संक्रमित सबैकाे स्वास्थ्य अवस्था समान्य रहेकाे प्रतिष्ठानले जनाएकाे छ ।