बाँके दुर्घटनाका सबैको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं,  आइतबार राति बाँकेमा भएको दुर्घटनामा मृत्यु भएका र घाइते सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

मृत्यु भएका १२ र घाइते २१ गरी ३३ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

राप्ती सोनारी गाउँपालिका–२ ठोरी जंगलस्थित सडकमा सल्यानतर्फ जाँदै गरेको बा.५ ख ५९९५ नम्बरको फोर्स गाडी आइतबार राति दुर्घटना हुँदा सवार १२ जनाको मृत्यु भएको थियो। गाडी सडकमा बिग्रिएर रोकी राखेको ना.४ ख ९०६४ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो।