बाँकेको ठुरिया दुर्घटनाका मृतक र घाइतेको कोरोना परीक्षण गरिने

नेपालगन्ज,  बाँके दुर्घटनामा ज्यान गुमाएका १२ जना र अन्य २१ घाइतेको कोरोना परिक्षण गरिने भएको छ । सबै भारतबाट फर्किएकाले उनीहरुको कोरोना परिक्षण गरिन लागेको हो ।

आइतबार मध्यराति नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको थियो । सोही क्रममा गाडीमा सवार ११ जनाको घटनास्थलमै र १ जनाको भेरी अस्पतालमा ज्यान गएको हो ।

बाँकेका एसपी वीरबहादुर कोलीले मृतक र सबै घाइतेको कोरोना परिक्षण गरिने बताए । उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन् । मृतकमध्ये ११ जना पुरुष र १ महिला रहेका छन् ।