जिन्दगी कथा सुनाई रहन्छ कति सुनाउन सक्छ
प्रकासित मिति : २०७७ जेष्ठ १८, आईतवार १०:५८
प्रकासित समय : १०:५८
जिन्दगी कथा सुनाई रहन्छ कति सुनाउन सक्छ ।
अनौठो शैली कथा भन्ने रात दिन रुवाउन सक्छ ।
बाबु !आँखा नचिम्ल एकैछिन अबसर छुट्ला फेरि ,
के थाहा राहत आउन सक्छ , मृत्यु डराउन सक्छ।
क्रान्ति ! क्या नाटक मन्चन गर्छ मान्नै पर्छ खुबी आहा !
निलेर जिन्दगी सपना सालिकको पठाउन सक्छ ।
चिन्ता छ समाधान छैन, नङ्ग्रा झैँ चिमोटिरहन्छ मन ,
मलाई खनेको खाल्टोले मेरालाई झुक्याउन सक्छ ।
के दुःखमा पनि रमिता हुन्छ? भन रमितेहरु हो !
किन बुझ्दैनौ ! घाइतेलाई युद्धले दुखाउन सक्छ ।
गोर्खा नेपाल
हाल : न्युजिल्यान्ड