कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १२३ पुग्यो

फेरि थपिए १८ जना कोरोना संक्रमित

सुर्खेत- कर्णालीमा थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा कालिकोटका १ र दैलेखका १७ जना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।

नयाँ संक्रमितमध्ये शुभकालिका गाउँपालिका–५ का १९ वर्षीय पुरुष र नारायण नगरपालिका वडा नम्बर ४, ५, ८ र ९ का १६ देखि ४८ उमेर समूहका १७ जना पुरुष छन्।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ सय २३ पुगेको मन्त्रालयका जनस्थ्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिए। पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँग कर्णालीमा कोरोना संक्रमित बढिरहेका छन्।

उनका अनुसार कालिकोट शुभकालिका गाउँपालिका ५ का १९ वर्षका पुरुष, दैलेख नारायण नगरपालिका ३, का १६, १९, २९, ४८ र सोही नगपाललिका ५ का १८, २४, २५, २८ र ३५ का पुरुष रहेका छन् ।

त्यसैगरी, देवलकाँडा ४ का १८, २०, २०, २२, २२, सिमडा ८ का २६, रातापानी ४ का ३८ राडु ९ का २२ का पुरुष रहेका छन् । यस प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १२३ जना पुगेका छन् ।