बा ! नेपाल कस्तो छ ?
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र
अनि के-के , के- के आको छ रे नि बा
हाम्रो देशमा,
मैले त अहिलेसम्म देखेकै छैन,
कस्तो हुन्छ बा ! यो वास्तवमा ?
हो, त्यही नदेखेकालाई देखाउन,
नबुझेकालाई बुझाऊन
अनि स्वर्ण अक्षरमा नयाँ युग लेखाउन,
गणतन्त्र आको छ रे नी बा !
यस्तै १२-१३ बर्सको हुदो हुँ,
जनयुद्धको सुरुवात भयो रे देशमा,
शिक्षक , डाक्टर, विद्यार्थी ,
सबै बुज्रुक परे निशानामा।
एक भाई रातो रिबन निधारमा बाधेर
क्रान्तिकारी बन्यो अरे,
अर्को भाई खागिको कपडामा
सजियएर देश रक्षक बन्छु भन्यो अरे।
अन्तरद्वन्द शुरु भयो ,
दाईले भाईलाई मार्यो,
भाइले दाइलाइ मार्यो,
एउटी आमाको काख रित्याउने बाहेक
नाथे लोकतन्त्र अनि गणतन्त्रले आखिर के लछार्यो ?
स्याउलाले बारिएको छाप्रोमा,
गाउँले केटाकेटी जम्मा पारेर
ज्ञानको ज्योती छर्ने एउटा शिक्षक,
हरेक बर्ष देउसी भैलोबाट
जम्मा भएको दक्षिणाले
विद्यालय चलाउने एउटा प्रधानाध्यापक ।
खोइ कतिबेला ब्ल्याक लिस्टमा पर्यो अरे
भ्रष्टाचार र सुराकीको आरोपमा।
बाबा सङ्गै सबै चिचिला मर्ने पक्का भयो रे
मैले सुनेको साथीहरूबाट
अनि थाहा छ ?
मैले आर्मी तालीम सुरु गरें घरमा,
आफु अनि आफुभन्दा साना चिचिला बचाउन।
धुवाँले उकुसमुकुस भएको
भान्सा कोठाको झ्यालबाट
खुत्रुक्क हाम्फालेर
आफ्नो जीबन बचाउने
कति ठुलो सपना मेरो।
अग्लो कदकी पातली म
खुत्रुक्क हाम्फाले करेसाम
संसार जिते झैं लाग्यो ,
तर बहिनी सकिन हाम्फाल्ने हिम्मत गर्न
मन विव्हल भयर आयो।
कस्तो अर्थहिन प्रयास मेरो
करेसामा हाम्फालेर मृत्यु जित्न खोज्ने,
अनि कति मासुम मन मेरो
राजनितिको र पनि नबुझ्ने।
करेसामा गोली ड्याङ्ग पड्कियो
प्राणपखेरू उडे झैं भयो,
पछि बोनसमा पाएको जीबन
विश्वास नै गर्न गार्हो भयो ।
यस्तै-यस्तै थियो मैले देखेको सरकार त्यतिबेला ,
तर अहिले त अर्कै सरकार आको छरे नि है बा !
गणतन्त्र आको छरे देशमा राजा छैनन् अरे,
श्रीमान गम्भीरको राष्ट्रिय गान पनि गाईदैन रे।
अरु के- के भाको छ बा ! देशमा ?
अनि भ्रस्टाचार, बलात्कार, अन्याय जिबीत छैन होलानी
अब त कुनै पनि भेषमा ?