दाङमा रगतकाे अभाब हुन नदिन ६५ जनाले गरे रक्तदान

 देउखुरी, काेराेना महामारीकाे समयमा जिल्लामा रगतकाे अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएकाे छ । याे समयमा रगत नपाएर काेही पनि अकालमा मर्नु नपराेस् भन्दै दाङकाे लमहीमा आयोजित रक्तदान कार्यक्रममा ६५ जनाले रगतदान गरेका छन् ।

‘रक्तदान जीवन दान’ भन्ने नारा सहित भुगोल बचत तथा ऋण सहकारी संस्था लमहीले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको महामारीमा सामाजिक दुरी कायम गर्दै बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष गंगाराम भट्टराईले जानकारी दिए ।

“देशमा लकडाउन भएसँगै सबै थप्प छन्, जसले गर्दा बिरामीहरु ब्लड बैँक जानसक्ने सम्भावना न्यून छ अध्यक्ष भट्टराईले भने ।बिरामीका लागि रगत अभाव हुन नदिन र स्थानीय स्तरमै उपलब्ध गराउने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेका हौँ अध्यक्ष भट्टराईले भने ।”  यो भन्दा अघि जिल्लाका तुलसीपुर र घोराहीमा पनि रक्तदानका कार्यक्रमका आयोजना गरिएका थिए । रक्त सञ्चार केन्द्र घोराहीको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।