टरिगाँउ एयरपोर्टकाे धवनमार्ग बिस्तार गरिन्छ : सांसद चाैधरी
भालुवाङ, प्रतिनिधिसभा सदस्य सांसद मेटमणी चाैधरीले दाङको टरिगाउँ एयरपोर्टकाे धवनमार्ग बिस्तार गरी ठुलाे जहाज बसाल्ने बताएका छन् । प्रतिनिधिसभा सदस्य चाैधरीले आफ्नो फेसबुक पेजमा स्टाटस मार्फत नागरिकलाई सुसूचित गराउँदै दाङ जिल्ला लगायत छिमेकी जिल्लामा हवाई यातायातमा सहजता ल्याउने पनि बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिका स्थित २०११ साल देखि सञ्चालनमा आएकाे टरिगाँउ एयरपोर्टकाे बिषयमा बजेट भाषाण पछि दाङ लगायत छिमेकी जिल्लावासीहरूको चासाे तथा प्रतिक्रियाहरू आउनु स्वभाबिक रहेको भन्दै यस बिषयमा दाङकै सांसदकाे हैसियतले मेराे चासाे रहेकोले टरिगाउँ एयरपोर्टमा थाैरै लगानी अर्थात ७ सय मिटर मात्रै एक्सपेन्सन गर्ने हाे भने ठुलाे जहाज बसाल्न सक्ने र दाङ लगायत छिमेकी जिल्लामा चाैतर्फी बिकासमा याेगदान गर्दछ उनले आफ्नो स्टाटसमा लेखेका छन् ।
जहाँ सम्म प्राबिधिक रूपमा ठिक बेठिककाे कुराे छ । प्रबिधिलाई अाफनाे अनुकुल बनाउने हाे । प्रबिधिकाे अनुकुल हामी बन्ने हाेइन । फेरि अनुकुल नभएकाे पनि हाेइन नि त ! अनुकुल नै छ उनको स्टाटसमा लेखिएको छ ।