संघीय सरकारले दाङका स्थानीय तहलाई पठायाे चार अर्ब बढीकाे बजेट
दाङ , संघीय सरकारले दाङका स्थानीय तहलाई चार अर्ब बढीकाे बजेट बिनियाेजन गरेकाे छ । दाङमा यस बर्ष केन्द्र सरकारले चार अर्ब ३८ करोड ७७ लाख बजेट पठाएको छ ।
जसअन्तर्गत संघीय सरकारले दाङको घोराही उपमहानगरपालिकालाई सबै भन्दा बढी बजेट बिनियाेजन गरेकाे छ, भने सबैभन्दा कम दंगीशरण गाउँपालिकालाई उपलब्ध गराएको छ । समानीकरण, सशर्त र समपुरक शीर्षकमा घोराही उपमहानगरपालिकाका लागि ९७ करोड ५१ लाख बजेट बिनियाेजन गरेको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका लागि ८९ करोड ७८ लाख, लमही नगरपालिकाका लागि ४६ करोड ६२ लाख बजेट बिनियाेजन भएको छ ।
यस्तै राप्ती गाउँपालिकाका लागि ३३ करोड १२ लाख, गढवाका लागि ३३ करोड ६७ लाख र राजपुरका लागि २७ करोड १५ लाख , बंगलाचुलीका लागि ३० करोड ४५ लाख, शान्तिनगरका लागि २८ करोड ९८ लाख, दंगीशरणका लागि २३ करोड र बबईका लागि २८ करोड ४९ लाख रुपैयाँ बिनियाेजन गरिएको छ । संघ, प्रदेश र आन्तरिक राजश्वका आधारमा स्थानीय सरकारले आफ्नो बजेट निर्माण गर्ने गर्छन् ।