कमरेड बबरलाई पार्टीले अपमान गर्यो : नेतृ चलाउने
डोल्पा, नेकपा डोल्पाकी महिला नेतृ काली चलाउने निरुले केहिदिन अगाडि भेरीमा हामफालेर आत्महत्या गरेका डोल्पाका पुराना नेता लोकबहादुर चलाउने बबरप्रति पार्टीले दुई शब्द खर्च नगर्नु दुखद भएको बताएकी छन। गणतन्त्रको लागि जेलनेल भोगेका जनयुद्धका पुराना नेता प्रति अपमान भएको जिकिर गरेकी हुन ।
उनले कुसेन्युजसंग कुरा गर्दै भनिन्। सधै अभाव तनावमै जिवन गुजार्नु प¥यो । तर पार्टीले एउटा कागजमा श्रदान्जली समेत खर्च गर्न सकेन । यो दुखको कुरा हो उनले भनिन् ।
“आजको बिशाल पार्टी बनाउन उनको अतुलनिय योगदान छ,तर आज त्यहि पार्टीले कमरेडको बवरको योगदान चिन्न सकेन्,शोक बक्तव्यसम्म निकालेन्,यसमा धेरै दुखि छु ।” “कमरेड बबरलाई पार्टीले जिउँदो छँदा त मुल्याङ्कननै गरेन । मृत्युपश्चात समेत एउटा झन्डा र दुई शव्दको लायक ठानेन्, यसले पुराना त्याग गरेका कार्यकर्ताहरुप्रतिको अपमान भएको बताइन ।
नेकपाका केही नेता कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत श्रदान्जली दिएपनि पार्टीले आधिकारीक रुपमा श्रदान्जलीसम्म सम्म नदिएको भन्दै उनले आपत्ति जनाएकी हुन् ।
बबरले सबै सम्पती पार्टीकरण गरेर सुकुम्बासी भएका बबर लामो समय देखि बिरामी समेत थिए । आफ्नो स्वास्थ्य उपचारको लागि केहि महिना अघि कर्णाली प्रदेश सरकारसंग अनुरोध गरेका थिए ।तर,उनलाई प्रदेश सरकारले बेवास्ता गरेको थियो ।
गणतन्त्रका लागि लडेका एक योद्धा जसले भेरीमा हामफलेर आत्महत्या गरे