युवकको हत्या आशंकामा होटेल सञ्चालक सहित ८ जना प्रकाउ
दाङ , दाङका युवक मन्दिप हत्याकाे आशंकामा ईलाका प्रहरी कार्यालय तुलसीपुरले होटेल संचालक सहित ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा होटेल संचालक देखि मन्दिपसंग संगै बसेर खाने युवाहरु छन् ।
शुक्रबार साँझ तुलसीपुर –९ को मैनाबगरमा रहेको एक होटेलमा संगै बसेर खाने युवाहरु सहित होटेल संचालकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुको नाम भने प्रहरीले अनुसन्धानमा बाधापुग्ने भन्दै खुलाएको छैन् ।
तुलसीपुको अटोभिलेजमा रेडिवारको काम गर्ने तुलसीपुर –९ को मैनावगर निबासी २८ बर्षका मन्दिप भुजको गएराति हत्या भएको प्रहरीले जानकारी दिएको छ । मृतकको शवलाई अहिले पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
जिल्ला प्रहरी कर्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले घटना स्थलको अवलोकन गर्नुका साथै पिडितको घरमा समेत पुगेर अपराधमा संलग्नलाई छिट्टै पक्राउ गर्ने आश्वासन दिएका छन् । ‘पिडितको घरमा पनि पुगे । मृतकको आमा र श्रीमतिसंग पनि केही कुरा बुझने काम भयो,’ एसपी चन्दले भने –‘ पिडित परिवारले दोषीलाई कारबाहीको माग गर्नु भएको छ । हामीले केहि व्यक्तिलाई नियन्त्रणमा पनि लिई सकेका छौ । छिट्टै कुरा बाहिर आउँछ ।’ एसपी चन्दले भने ।