“बा”

कविता 

पहिले,

बा तिम्रो शरीर कहिल्यै गलेन।
पट्पटि फुटेका पैतला दुख्यो भनेनौ।
पानीमा भिज्दै खेतमा दिन भरि जोतेको,
धौले गोरुले हानेर साँप्रा रकताम्य हुदा पनि,
खुट्टामा फालिले चिरेर जाँदा पनि,
बुढि अौलाको नङ फक्लक्क उम्किदा पनि,
खेत बाँझो राखेनौ,
कसैले मीठो चिज दिदा पनि कहिल्यै तिम्रो मुखमा परेरन,
त्यो खल्तिमा पसेर आयो।
मेरा बा, तिमी महान छौ,

रोपाईको दिन धने काकाले पानी भाँचेर,
बबरबण्ड मच्चाउदा पनि सहेर बस्यौ,
आमाको पाखुरा समातेर तान्थ्यौ,
झगडा गर्न हुन्न भनेर सम्झायौ।

तिम्रो कोटको खल्तिबाट मैले सिक्काहरु झिके,
मेरो मुखमा हेरेर कहिल्यै रिसाएनौ।
कहिल्यै हात उठाएनौ,

भाईले दशैमा नयाँ नाना,
बैनीले तिजमा अग्लो चप्पल भन्दा,
तिम्रा आँखा रसाएर राता हुन्थे,
डल्लि भैंसी बेचेर सुन लाउने आमाको प्रस्तावले,
तिम्लाई तिनदिन निन्द्रै नपरेको हिजै जस्तो लाग्छ।

मैले स्कुलमा साथिलाई ढुङ्गाले हिर्काएको,
हेडसरले तिम्रो झ्याको झारेको,
पेटारे खसी बेचेर साथिको उपचार गरेको,
सानी मैयाको काँक्रा चोर्दा मेरो ढाडको सुम्ला दुखेर रात भरि रोएको,
तिमिले सुमसुम्याएरै रात कटायौ।
मलाई हनहनि ज्वरो आएर अस्पतालबाट फर्किदा ,तिम्रा काला जुत्ता धरौटी छडेको हिजै जस्तो लाग्छ।

बा कहिल्यै अभाव भएर पनि अभाव देखाएनौ।
गरिबीसंग जुधेर आफुलाई धनी बनायौ।
तिमी गरिवै थिएनौ,
तिम्रो मन कहिल्यै गरिव भएन,
गाउँमा मन्दिर बन्दा तिम्ले गरेको दान,
विर्सेको छैन गाउँलेले बोकेर फुलमाला गरेको,

मैले के गरेर तिम्रा लागि,
तिमीले किनेका कापि, किताब हाउँथे,
च्यात्थे,
रुखमा झुण्डिएर,भुईमा घर्सिएर कपडा च्यात्थे,
र पनि तिमिलाई त्यति बेला जति खुसि कहिल्यै देखिन।
जति बेला मैले एस एल सि पास गरे,
हाम्रो घरमा मकैको भातसंग लाले खसिको भोज थियो।

जवान थियौ बा तेतिबेला तिम्रो शरिरको तारिफ हुन्थ्यो,
कहिल्यै मुग्लान ,कालापहार गएको मलाई याद छैन,
आफु आधा पेट खाएर हामीलाई खुवायौ,
दुईपैसा बचाएर जमिन थप्यौ।

गाउँमा बाटो र पुल आउँदा दिल खोलेर श्रमदान गर्थ्यौ।
तीन किलोमिटर टाढाबाट दुई कठ्ठा सिमेन्ट बोकेर ल्याउँदा,
गाविस अध्यक्षले कानमा लगाईदिएको हजारको नोट सम्झेको छु।

अहिले,

रातभरि नसुतेर खङ खङ गर्छौ,
हामीलाई पनि सुत्न दिदैनौ।
एकछिन बसेको देखे गनगन गर्छौ,
तिमिलाई देखेर पट्यार लाग्छ,
छाडेर टाढै जाउँ जस्तो हुन्छ,
तिमिले काँध बाट कहिल्यै झारेर छाडेनौ।
तर ,मलाई किन बृद्धाआशश्रम तिर लगेर छाडौ जस्तो हुन्छ,

त्यहाँ, बुहारीको किचकिच हुदैन,
आमाको दुस्ख देखिदैन,
त्यहाँ तिमिलाई शान्ति हुन्छ कि,
अर्को मन,गाँठो परेर आउँछ तिमी कस्तो घाँडो भयौ,
न थन्काउनु, न फाल्नु,न लुकाएर राख्नु।
केही भनु समाजले मलाई घृणा गर्छ,
तिमिले मलाई बाला पनमा हात डोराए जस्तै डोराएर हिड्न सक्तिन,
तिमिले चपाएर खुवाए जस्तै म खुवाउन सक्तिन,
होस गुमेर तिम्रो शरिर भरि भए बिष्टा म कसरी सफा गरु,
छन त तिम्रो काँधभरि मैले विष्टाएको याद छ।

तिम्रा दाँतले न हामीले खाएको खान सक्छौ, न पेटले पचाउन सक्छ,
हामी संग भान्सा पनि मिल्दैन,
जहाँ पायो त्यहि खाएको आरोप छ,
छोएको खानै सकसक गर्छौ।
तिम्रा नाति नातिनालाई मासु नभई रुच्दैन।
तिमी पुरै साकाहारी भाकाछौ।
रात दिन भजन सुन्ने भन्छौ,
नाझिनि संग रिमोटकै विषय भनाभन भै रहन्छ।

बा मलाई थाह छ तिम्रो विगत,
बर्तमान थाह छ ,
ढल्नै लागेको भविष्य कस्तो छ मलाई थाह छैन।
अस्ति र आज बा र म।

सुर्खेत