मंगले बा घर बन्यो ?

कविता

राज्यको ढुकुटीबाट तपाइले पाउने बृद्द भत्ताभन्दा लाखौं गुणा सेवासुविधा
र भत्ता लिन्छन नि मंगले बा तपाइको छोराका साथीहरूले !
देशको लागि दिने छोराहरु हजुरले पहिल्यै गुमाउनु भो
रोल्पा रुकुम लगायत सिन्धु, बझाङका बुवाआमाहरु
हजुरको छोरा र छोरीले देशलाई रगत दिए
देशको निम्ति अमर मृत्युवरण गरे ।
आज चिन्छन र मंगले बा  ! तपाइका छोराछोरीले साथी बनाएका आजका छोराछोरीले
दिव्या चापागाईले तपाइका छोराका साथीहरु लिएर अन्तरवार्ता दिदा
हजुरको घर बनाइदिने दुई थोपा आसुहरु ओनसरिका भक्कानिएर झरेका थिए
अनन्तले पनि आँसु झारेका थिए ।
ट्यालेन्ट पत्रकार दिव्याका प्रश्न र प्रस्तुतीहरुले
मंगले बाको घर जरुर बन्ने पक्कापक्की थियो ।
के भो मंगले बा ? 
कति धेरै मंगले बा र आमाहरुका घरहरु अझै बन्न बाकि छन ।
दिव्या फेरि आइन या छोराका साथीहरु आए भने सोध्न नभुल्नुस है ? 
म जस्ता कति मंगलेका घरहरु बनाइयो बाबुनानी भनेर…
है मंगले बा !
सिन्धुपाल्चोक जिल्लाको सुन्दर हिमालयको काखबाट बोल्दैछु बा !
सम्मानमा अपमान नहोस
यस्तै यस्तै सवालहरुको उठान अनि जवाफ पनि हो नि मंगले बा !
बेखबर अरु धेरै सय मंगलेहरुका बा आमा गणना मा नै पर्दैनन बा
इतिहासले ढाट्न खोज्दा हजुरले
छोराको सपना बारे दुई चार प्रश्न मज्जाले सोध्नुस् बा
कति बेपत्ताहरुका परिवारका अवस्थाहरु नया व्यवस्थाले नि बदल्यौ बाबुनानीहरु भनेर
मुसुक्क हास्दिनुस है मंगले बा !
देशको शासन व्यवस्थाको नाम त बदलिएकै हो बा !
तर अवस्थाहरु बदलिन मानेनन
कहि नभएको जात्रा हेर्नुस त मंगले बा
बेपत्ता र बलिदानीले नपुगेर हिजो अस्ति पनि ढालिए नि बा दुई चारजना मंगलेहरु
कोहिलाई तिघ्रामा गोली हानेर ठहरै बनाइयो
कोहि बारुद र बमको कम्बिनेसन मिस्टेक भएर
आहुती दिन अझै बाकी रहेछन मंगले बा !
शुभाशिष दिनुस ती छोराछोरीहरुलाई
जसले एउटा कम्युनिस्टले अर्को कम्युनिस्टलाई
मंगलेहरुले ल्याएको गणतन्त्रको व्यवस्थामा प्रतिबन्ध र निस्षेधको राजनिती गर्दै
विश्वभरिका मंगलेहरुको
रमिते शैलीमा खिल्ली उडाइरहदा
अरु पनि मंगलेहरु मारिनेवाला छन बा !
अझै बेपत्ताको एउटा सिजन पनि चल्छ बा !
त्यो बेला हामी बेखवर भए पनि
मंगले बा यी सवालहरु सोध्न नभुल्नुहोला है मंगले बा…..!