बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ
प्रकासित मिति : २०७७ जेष्ठ १६, शुक्रबार १६:०७
प्रकासित समय : १६:०७
दाङ , दाङमा बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।
१० बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–५ काँसीपुर निबासी ५५ बर्षका डल्लु चौधरी पक्राउ परेको ईलाका प्रहरी कार्यालय खिलतपुरका ईन्चार्ज तथा प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिए ।
प्रहरीले चौधरीलाई बिहिबार पक्राउ गरेको थियो । घटना १३ गते बेलुका भएपनि प्रहरीले भने ढिला खबर पाएको जनाएको छ । आरोपीलाई जबरजस्ती करणी सम्बन्धी मुद्दा ईलाका प्रहरी कार्यालय तुलसीपुरले चलाउने छ ।