महिलालाई घर निकाला गरी कालो मोसो दल्ने सात पक्राउ
प्रकासित मिति : २०७७ जेष्ठ १६, शुक्रबार १६:०४
प्रकासित समय : १६:०४
दाङ ,घोराहीमा एक महिलालाई घर निकाला गरी कालोमासो र जुत्ताको माला लगाएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । घोराही ४ की ४१ बर्षिया एक महिलामाथि अमानविय व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ पर्नेहरुमा सोहि वडाका ७५ बर्षिय शिवलाल पुन, ४७ बर्षिय हिकलाल पुन, ४६ वर्षिय मनिराम पुन, ३० बर्षिय टविलाल पुन, ३२ बर्षिय हरि पुन,२५ बर्षिया अम्मी पुन र ३२ बर्षिया केमी पुन रहेको प्रहरीले बताएको छ ।
उनीहरुलाई विहिवार अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।ती पिडित महिलालाई उनीहरुले गत जेठ ७ गते घरबाट निकाला गरेका थिए ।