रुकुमपूर्वका कोरोना संक्रमितलाई दाङ ल्याईदै

दाङ, रुकुम (पूर्व) का तीन कोरोना संक्रमितलाई उपचारका लागि दाङको बेलझुण्डी ल्याउन लागिएको छ । बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको स्वाब परीक्षणमा रुकुम पूर्वका तीनजनालाई संक्रमणको पुष्टि भएको थियो ।

उनीहरुलाई रुकुमबाट पठाई सकिएको जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका सूचना अधिकारी अञ्जु पोखरेलले जानकारी दिईन । होम क्वारेन्टिनमा बसेका एक र पुथाउत्तरगंगा गाउँपालिकाको सिद्धमण्डली मावि राङ्सीको क्वारेन्टिनमा रहेका दुई जनामा कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि हुनेमा गाउँपालिकाका १३ का २३ वर्षीय पुरुष तथा १४ का १५ वर्षीया महिला र १८ वर्षीय पुरुष छन् । २३ वर्षीय पुरुष गत चैत ६ गते मलेसियाबाट आएका हुन् भने अन्य दुई जना यसै महिना बाराबाट आएका हुन् । जिल्लाभरबाट ५७ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।