दाङको गढवामा थप २ जनामा कोरोना संक्रमण पुष्टि
दाङ , दाङमा फेरी थप दुई जनामा कोरोना संक्रमण देखिएकाे छ । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ का २८ वर्षका १ जना पुरूष र वडा नम्बर २ का ४१ वर्षका आर्का पुरूषमा कोरोना संक्रमण पोजेटिभ देखिएकाे हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बिहीबार गरिएको स्वाव परिक्षणमा दुवै जनाको रिपोर्ट पोजेटिभ आएको पेस विज्ञप्ती मार्फत प्रतिष्ठानले जानकारी गराएको छ । उनीहरू मध्ये वडा नम्बर १ का जनता मावि गढवाको क्वारेन्टाइनमा र २ वडाका आर्का पुरूष लक्ष्मी सामुदायिक वन जेठान गाउँको क्वारेन्टाइनमा बसेका थिए ।
उनीहरू भारतबाट कृष्णनगर नाका भएर क्वारेन्टाइनमा बसेका थिए । जेठ १३ गते ३७ जना महिला पुरुषको पिसीआर परीक्षणका लागि प्रतिष्ठानमा पठाईएको थियो । ती मध्ये दुई जनामा कोरोना पुष्टि भएको हो । गढवा स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीका अनुसार एकै उमेर समुहका मानिस क्वारेन्टाइनमा धेरै भएकाले संक्रमितको नाम ठेगाना मन्त्रालयबाट नआउदा सम्म त्यस बारेमा जानकारी दिन नसकिने बताएका छन् ।
५८ जनाको नमुना संकलन गरिएकोमा दुई जनामा कोरोना संक्रमण देखिएको हो। दाङमा बुधबार मात्रै नयाँ १५ जना संक्रमित थपिएका थिए । यस अघि गढवा गाउँपालिकामा दुई जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो। अहिले सम्म जिल्ला भित्र बसोवास गरेका २० जनामा कोरोना संक्रमण देखिए छ। दाङमा घर भएको तर, जिल्ला बाहिर बसाइँ रहेका दुई जना संक्रमित मध्य एक जना निको भएका छन्।
यस्तै कपिलवस्तुमा ९ जना नयाँ संक्रमित थपिएका छन्। विजयनगर गाउँपालिका-३ मा २३ र ३० बर्षका पुरुष २ जना, सोही गाउँपालिका वडा नम्बर ५ मा २६ वर्षका पुरुष र वडा नम्बर ७ मा १७, ३७, ३९, ४०, ४३ र ५२ बर्षका गरि ६ जना संक्रमित पुष्टि भएको छ। ९५ जनाको नमुना संकलन गरिएको थियो।