समाजमा नदेखिएका हजारौँ नवराजहरु छन

याे श्रृंखला सामन्तवादकाे उदयभएसंगै अनबरत चलिरहेकाे छ । 

अस्ति पधेरिमा अरुको पानी छोइ दिदा मारियो । हिजो दुर्गा माताको मन्दिरमा पस्न खोज्दा गाउँ निकालमा पर्यो । आज कसैलाइ चोखो प्रेम गर्दा मारियो कहिले याे  बहानामा पलियाे कहिले उ बहानामा पेलियाे आखिर कहिलेसम्म चलिरहन्छ ।

यो विभेदको शृङ्खला हिजाेकाे मात्रै हैन । नेपाली सामाजमा गहिराे गरि जराे गाडेकाे याे प्रथा सामन्तबादकाे हिस्सा हाे । 

 त्यहि कामिको हातले बनाएको सबै चल्ने । तर प्रेम नचल्ने त्यहि हातले बनाएको खुकुरी देशको सिर उच्च राख्ने, बनाएको मुर्ति मन्दिरमा राख्ने । सार्कीले सिलाएको जुता दमाइले सिलाएको लुगा चल्ने तर प्रेम नचल्ने । याे कुरितिकाे जड यहि सामन्तबादी साेच र ब्यवस्थाका कारण भएकाे हाे । २१ अाैँ शताब्दीसम्मा पुग्दा पनि  यसले नेपाली सामाज अझै ठुलो जडतामा छ भन्ने. कुरा बताउछ ।

नेपालको संविधान २०७२ मा कुनै पनि सार्वजनिक या निजी स्थान र क्षेत्रमा जातजातिकै नाममा विभेद, छुवाछूत व्यवहार गर्न नपाइने र गरेमा कानुनी कारबाही हुने स्पष्ट व्यवस्था छ। तर कानुन कागजमा मात्रै छ । ब्यवहारिक रूपमा नवराज जस्तै हजाराैँ अदृश्य नवजराजहरूले यहि पिडा भाेग्नु पर्छ । 

दलित मैत्रि संबिधान जारी भएपनि सार्वजनिक पानी, पँधेरो, स्कुल, मन्दिर, अस्पताल, सार्वजनिक सवारी साधन, मेला, समारोह इत्यादि स्थानमा दलित भएकै कारण अपमानित हुनुपर्ने विडम्बनाहरू यथावत् छन्। जातकै कारण गालीगलौजका भाषा, अपशब्द, सुन्नुपर्ने मात्रै होइन, दलितसँग बिहे, प्रेम गर्दा गाउँनिकाला हुनुपर्ने, यातना, हत्या, बहिष्कार सहन बाध्य पारिने स्थिति अन्त्य हुन सकेको छैन।

आनि त्यहि दलितलाई डुम भनेर मार्ने हान्ने प्रकिया निरन्तर चलिरहेकाे छ  । जाजरकोट नबराज भाइको के दोस थियो र त्यसले त सच्चा प्रेम न गरेको थियो । नवराजकाे घटना  देखिएको अर्थात बिस्फोट भएको प्रतिनिधिमुलक घटना हो । यस्ता बिस्फोट नभएका घटना समाजमा थुप्रै छन ।

कथित उपल्लो जातका नाममा गरिने शोषणकाे चेपुवामा परेका समुदाय धेरै छ । यसतर्फ राज्यकाे ध्यान जान जरूरत छ । ६५ लाख दलित समुदायलाई बाइपास गरेर राष्ट्रले न समृद्धि प्राप्त गर्न सक्छ, न त स्थायित्व नै  ।

समाजमा जातीय भेदभावजस्तो जघन्य र अमानवीय अपराध हुन नदिन राज्यले ठोस कदम चाल्नुपर्छ। जाजरकाेट घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ। यसलाइ राजनितिकरण गर्नु अर्काे दुर्भाग्य हुने निश्चित छ ।