कर्णाली प्रदेशमा उच्च पर्वतीय खेल कार्यक्रम सञ्चालन हुने

काठमाडौं । सरकारले खेलकुद पूर्वाधारको अभाव भएको कर्णाली प्रदेशमा खेलकुद सञ्चालन हुनसक्ने गरी राष्ट्रिय पूर्वाधार विकासका गर्न, उच्च पर्वतीय खेल कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यस्तै सरकारले निर्माणाधीन क्रिकेट मैदान र अन्य मैदानको निर्माणका लागि पनि आवश्यक बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को बजेट विनियोजन गदै अर्थमन्त्री युवराज खतिवडाले सरकारले खेलकुद क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेको बताए ।