बाँकेमा अनिश्चितकालका लागि निशेधाज्ञा जारी

नेपालगन्ज, बाँके कोरोना महामारी नियन्त्रणका लागि  जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार राति १० बजेदेखि अनिश्चितकालका लागि निशेधाज्ञा जारी गरेको छ । कोरोना रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले अनिश्चित कालका लागि निशेधाज्ञा जारी गरेको हो ।

बुधबार एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले कोरोना महामारी नियन्त्रणका लागि निशेधाज्ञा जारी गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङद्धारा जारी बिज्ञप्तिमा अत्याबश्यक सेवा सन्चालनमा रहने बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी रामा बहादुर कुरुम्बाङ मंगलबार मात्रै बाँकेमा सरुवा भएर आएका हुन ।