रहेनन् प्रगतिशिल युवा लेखक संसारसेन पृथक

जाजरकोट, प्रगतिशिल लेखक, सामाजिक अभियान्ता तथा कुसेन्युज डटकमका नियमित स्तम्भकार संसारसेन पृथकको मलेशियामा निधन भएको छ ।

बैदेशिक रोजगारीका शिलशिलामा मलेशियाकाे क्वालालाम्पुरकाे केलाङ्ग लामामा रहेका  बिर बहादुर नेपाली (संसारसेन पृथक)काे मंगलबार राति सुतेको अबस्थामा निधन भएको हो । 

नलगाड नगरपालिका लहाँ,गराग्ली जाजरकोट हाल बैजनाथ ३ बाँकेका संसारसेन पृथक प्रगतिशिल क्षेत्रमा निरन्तर कलम चलाउदै आइरहेका थिए ।

जनयुद्धका एक होनाहार कमाणडर संस्कृति योद्धा संसारसेन पृथकले अन्तरजातिय बिहे गरेका थिए । उनि जनबादी तथा लोक कलाकार र चर्चित प्रगतिशिल लेखक पनि हुन।

बिदेशमा रहेपनि समाज रुपान्तरण र देशको चिन्ता गर्ने उनि समाजिक सञ्जालमा निकै सक्रिय थिए। अहिले उनलाइ मेरु अस्पताल क्वालालाम्पुरमा राखेकाे मलेशियाबाट दिपक नेपालीले जानकारी दिए ।

साथै पृथकको निधन प्रति कुसेन्युज परिबार हार्दिक श्रदाञ्जली ब्यक्त गर्दछ । उहाँको आत्मको चिरशान्तिको कामना गर्दै आफन्त तथा परिबार जनमा गहिरो संबेदना ब्यक्त गर्दछौँ ।