यी हातबाट बा को चितामा आगो लगाउनु पर्यो

गजल

आमा आज छोरो भै जन्मिनुमा पछुताउनु पर्यो ।
यी हातबाट बा को चितामा आगो लगाउनु पर्यो ।

झल्को मेटाउने त्यहीँ तस्बिरहरु थिए निष्ठुरीका,
त्यहीँ तस्बिर फिर्ता मागिन फर्ता उठाउनु पर्यो । 

हिजो उसको छाती माथि पनि छट्पटी हुन्थ्यो, 
आज छातीमा तस्बिर राखेर छट्पटाउनु पर्यो  ।

हरेक मान्छेहरु परिस्थितिको दासी बन्दारैछन् , 
मैले निस्तो लागि हजुरसङ्ग शिर झुकाउनु पर्यो ।

छिमेकी पटक-पटक सिमामा हर्कत गरिरहन्छ ,
निकाल्नोस बा दापको खुकुरी उदयाउनु पर्यो  ।

सल्यान