दुश्मन देखाउँछ बाटो आफ्ना देखाउँछ्न सान के गर्नु

गजल

ऊनी सिकाउछिन प्रेम समाज सिकाउछ ज्ञान के गर्नु।
दुश्मन देखाउछ बाटो आफ्ना देखाउछ्न सान के गर्नु ।

फूल शिरमा सजाउन पाउनु उसको भाग्यमै थिएन 
हुन त थुप्रै थिए वरिपरि फुलै फुलका बगान के गर्नु ।

अस्पतालमा रगत किन्न नसकेर आमाको मृत्यु भयो
हुन त दिन-दिनै भैरहन्छ्न निस्शुल्क रक्तदान के गर्नु ।

भित्रयाउने समयमा अर्काको भकारी भरिन्छ यहाँ।
फलाउन त फलाएकै थियो खेतालाले धान के गर्नु।।

यता श्रीमान बिदेश गएको देखेर खुशी छे श्रीमती।
आमाको ओठमा थिएन एक चिम्टी मुस्कान के गर्नु ।

अछाम हाल नेपालगन्ज