५ नेपाली चेली भारतमा नजर बन्द, उद्धार गरिदिन अपिल

काठमाडौँ, ५ जना नेपाली चेलीहरु भारतमा नजरबन्दमा परेको बताइएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रवासको जनवर्गीय संगठन प्रवासी नेपाली मंच ओमनकि पुर्ब सचीव अनु पौडेल (हिरा) लगायत ५ जना नेपाली चेलीहरु भारतको मानीपुर स्थिति एक एनजिओको निगरानीमा नजरबन्द परेका हुन।

बिगत ५ महिनादेखी आफुहरुलाई बर्मा पठाउने भनी भारत पुर्याइएको र भारत पुगिसकेपछि तिमीहरू माथि केश जारी छ भन्दै नजरबन्दमा राखेको बताइएको छ ।

मानिपुर स्थिति एउटा एन्जिओमा आफुहरुलाई नजरबन्द बनाइएर राखेको अनु पौडेल हिराले जानकारी दिइन । हिराका अनुसार टेलीफोन मोबाइल लगायत सञ्चार प्रबिधिहरुमा रोक लगाएको छ । उनिहरूलाइ कसैसंग सम्पर्क गर्न समेत दिइएकाे छैन । 

उनले सरोकारवाला निकायले आफुलाई उद्धार गर्न अपिल गरेकी छन । आफू लुकेर अर्कैको मोबाइल मार्फत आफन्तलाइ सम्पर्क गरेकि उनले आफुहरूलाइ छिटै उद्भार गरिदिन अनुराेध गरेकी हुन ।  

नजर बन्दमा पर्बत घर भएकी ओमान प्रवास संगठन पुर्ब सचिव अनु पौडेल ,झापाकि सरस्वती मर्णी बाँकेकि कल्मा कडायत, तारा कामी र माया क्षेत्री रहेकी छ्न।

प्रवास स्थित नेपाली राजदूताबाससंग उद्दारको आग्रह समेत गरेकी छ्न।