मुक्तक

१)

प्रेमको मदिरा धेरै कडा हुन्छ
सम्झनाको हिरा धेरै कडा हुन्छ
अनगिन्ती छन् नि मसलाहरु त
यो बिछोडको जिरा धेरै कडा हुन्छ ।

२)

जसै मबाट तिम्रो दिल दूर हुनेछ
बिर्सनलाई मन यो मजबुर हुनेछ
तिमीले नि सधैंभरि साथ दियौ भने
मरुभूमिमै बस्न मन मञ्जुर हुनेछ ।

बागमती ११, कर्मैया , सर्लाही