सर्लाहीमा १३ सहित ३२ जनामा कोरोना, संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौें, १० जेठ । नेपालमा पनि कोरोना संक्रमितको संख्या दिनदिनै बढ्न थालेको छ । आज (शनिबार) विहानै सर्लाहीका १३ सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय ४८ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही, चितवन र काठमाडौंका रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।