बाँकेमा एकैदिन २१ जना कोरोनामुक्त हुँदा १४ जना थपिए

संक्रमितको संख्या पुग्यो १ सय १५

नेपालगन्ज, बाँकेमा फेरि १४ जना कोरोना भाइरस संक्रमित भटिएका छन् । शुक्रबार बाँकेमा १४ जना थपिएसंगै  संक्रमितको संख्या १ सय १५ पुगेको छ । 

भेरी अस्पतालमा भएको परीक्षणमा १८ देखि ६१ उमेर समूहका पुरुषहरूमा कोरोना पोजेटिभ देखिएको हो । १३ जना नरैनापुरका छन् । एक जना राप्ती सोनारीका रहेका छन् ।

शुक्रबार एकै दिन २१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट नेपालगञ्ज उपमहानगरपालिका– ८ का २१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए बताए । डिस्चार्ज हुनेहरूमा ९ जना महिला र १२ जना पुरुष रहेका छन् ।

१ देखि ६० वर्षउमेर समूहका उनीहरू १७ देखि २० औं दिनमा निको भएर डिस्चार्ज भएका हुन् । 

स्वास्थ्य मन्त्रालय पत्रकारको पत्रकार सम्मेलनमा बाँकेका १४ जनासहित देशभर पछिल्लो पटक २० जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ सय ७ पुगेको जानकारी दिइएको हो ।