लघुकथा

सहरले पनि हुने खाने भनेर कति छुट्टयाइएको छ जस्तो लाग्छ मलाई ।  सहरको बसाई पनि कता कता असहज हुन थालेको छ। एक दिनको कुरा हो सधैं जस्तै गरि धारामा पानी थाप्नका लागि लाइनमा बसेकी थिए ।

एकाएक अश्लील शब्दहरू एकपछि अर्को गर्दै चर्को आवाजमा सुनिन थाल्यो । लाइनमा बसेका मानिसहरूले के भयो भन्दै यताउती हेर्न थाले ।  म बसेको घर नजिकै झगडा हुँदै रहेछ केही समयको अन्तरालमा थाहा भयो ।  झगडा हुनुको विषय भने सामान्य नै रहेछ ।

काठमाडौंमा हजार घरहरू छ्न त्यसमध्ये एउटा घरमा दुई परिवार नै भाडामा बस्दै आएका रहेछन् । मध्यम वर्गीय र निम्न वर्गीय परिवार केही बेर अघिको कुरा रैछ निम्न वर्गीय परिवारको एक जना दाइ चर्पी गएर फर्किदा बत्ति बन्द गर्न बिर्सेको रैछ ।

त्यही निउमा नै झगडा परेको हो भन्ने थाहा भयो । मध्यम वर्गीय परिवारको दिदिले त्यस व्यक्तिलाइ नानाथरी शब्द प्रयोग गर्दै कराएको त्यस परिवारले सहन नसकेपछि पुलिसलाई फोन गर्ने सोचेछन तर त्यस परिवारसगँ एक कल फोन गर्ने मोबाइल समेत रैनछ ,आजको यस विकसित समयमा पनि कति नाजुक अवस्था गुजारिरहेका छ्न  ।

नेपाली जनताले उ पनि मानिस नै त थियो । त्यस बोली गुन्जिरहेकोले सहन सकेन छट्पटी गर्दै भित्रबाहिर गरिरहयो । पछि उसले पल्लो घरको विस्वास मानेको एकजना दिदिलाइ एक कल फोन गर्छु भनेर मोबाइल माग्छ र पुलिसलाई फोन गरेको केही समयमै उनीहरु आइपुग्छन, झगडा पर्नुको कारण थाहा पाउछन् ।

पुलिसहरु नै छक्क परि एकअर्कालाई हेराहेर गर्छन । किनकी त्यहाँ झगडा गर्नु पर्ने खासै कुरा केही थिएन ।  पुलिसहरु सम्झाएर फर्कन्छन पुलिस गएको केही समयमै फेरि मध्यम वर्गीय परिवारकि दिदिले बिहान बेलुका खानसम्म धौधौ राशन माग्न जानु पर्नेले म जस्तो दिनदिनै मासुभात खानेका लागि त पुलिस बोलाउने भन्दै फेरि उहीँ उग्ररुप देखाउन थालिन ।

त्यहाँ उसको पक्षमा बोली दिने सम्म कोहि भएनन् किनकि बोल्न सम्म नसकिने अवस्था थियो पुलिसले सबैलाई घरभित्र बस्नु भनेको छ। कोरोनाले देशका आम मानिसहरूको आशु पिइरहेको समय थियो। कति दुःखद ,कष्टमय अवस्था छ । गरिब निमुखाहरुका निमित्त तर पनि यी यावत परिस्थिति भोग्न विवश छन् ।