फेरि थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१६

काठमाडौं– शुक्रबार साँझ थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। थप ९ सँगै नेपालमा संक्रमितको संख्या ५१६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुर, सप्तरी र भक्तपुरमा १/१ जना छन् भने बारामा ६ जनामा संक्रमण देखिएको हो। यसमध्ये सात पुरूष र दुई महिला हुन्।

कुल संख्यामा ७० जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् भन् तीनजनाको मृत्यु भएको छ।