अरुलाई बचाउन आफु डक्टर हुनुपर्दैन सचेत भए पुग्छ

विश्वभरी फैलिएको नोवेल कोरोना भाइरस ( काेभिड १९) बाट आफु पनि बचाैँ  अरुलाइ पनि बचाऊँ !  यहि मान्यताका साथ हामी सबै लागि परेका छाैँ । मानव जातिमाथिकाे याे संकट अभुतपुर्ब संकट हाे । यसमा हामी सबै सेचत हुन जरूरत छ । 

अझत  सावधानीक पुर्वक भारत एवंम् अन्य मुलूकबाट नेपाल प्रवेश गरेका दाजुभाइ  तथा दिदिबहिनिहरुमा मेरो अनुराेध छ । याे तपाइ हामीले निम्त्याएकाे संकट हैन । याे प्राकृतिक बिपति हाे संसारले मुकाबिला गरिरहेकाे छ । 

भारत एवंम् अन्य मुलूकबाट आएका जोसुकै नेपाली नागरिकलाइ  मात्र क्वारेन्टाइनमा राखेर हुदैन  । उनिहरूकाे सुरक्षाकाे कुरा पनि छ । साथ साथै स्वास्थ्यकाे महत्वुपर्ण सवाल छ ।  उनिहरुले ल्याएका बहुमुल्य  गरगहना , रुपैयाँ , लत्ता कपडा आदी  जस्ता सरसमानहरु पनि व्यवस्थित तरीकाले क्वारेन्टाइनमा राखिनुपर्छ ।  । उनिहरुलाइ क्वारेन्टाइनमा व्यवस्थापन गर्नु पुर्व उनिहरुको सम्पुर्ण स्वास्थ्य परिक्षण चेकजाचँ गर्ने व्यवस्था गरिनुपर्छ । 

सम्बन्धित प्रदेश सरकार र स्थानीय निकायले यथासिर्घ अवलम्वन गरियोस्  भन्न चाहान्छु । क्वारेन्टाइन भनेको बन्दीग्रीह जस्तै हो । त्यसैले त्यस भित्र चाहिने सम्पर्ण अति आवश्यक सरसमान (बिहान उठे देखी बेलुका सुत्ने बेला सम्म ) र उनिहरुलाइ मनोवैज्ञानीक हिसावले शारिरिक एवंम मानसिक रुपमा मजबुत राख्न पहल गर्नुपर्छ । 

बिभिन्न खेल , योगा कक्षा , मोटीभेसनल कक्षाको व्यवस्था गरिनु पर्छ । बिभिन्न संचार माध्यममा देखीए जस्तै स्थानीय तहका जनप्रतिनिधीहरुले क्वारेन्टाइनमा राखेका आफु निकटकालाइ  क्वारेन्टाइनमा नराखेको देख्दा मनै देखी सोच्न बाध्य तुल्याएकाे छ ।  र आफैलाइ प्रश्न गरे के यो भाइरसले नाता गोता , आफ्नो पराइ भन्दो रैछ त ?

नेपाल सरकार लगायत नेपाली आमा बुवा , दाजुभाइ तथा दिदिबहिनिहरु नेपालको जुनसुकै भु–भागमा छरिएर रहनु भएका राष्ट« सेवक प्रहरी प्रशासन , राजनितिदल , जनप्रतिनिधी , कर्मचारी , तथा जानकार बुद्धिजीवी आमा बुवा , दाजुभाइ , दिदिबहिनिहरु र आफन्तहरुको सहयोगले नोवेल कोरोना भाइरस ( काेभिड १९) लाइ मध्यनजर गर्दै सिर्जना मुलक ढªङ्गले आ–आफ्नो गाउँ टोल बस्ती बाट निरन्तर रुपमा लागी परौ ।