बाजुराको जगन्ननाथ गाउँपालिकालाई सार्वजनिक निबेदन सरकार ! उद्धार गरिपाँउ

 श्री गाउँपालिका अध्यक्ष ज्यू जगन्नाथ गाउँपालिका कार्यालय बाजुरा  ।

 बिषय: उद्वार गरिपाउँ भन्ने बारे ।

सविनय सेवामा नम्र निवेदन गर्नाको खास कारण यो छकि विगत लामो समयदेखि काेभिड १९ को महामारी ले गर्दा अहिले बिश्वले घुडा टेकेको अवस्था छ । साथै ठुला ठुला देशहरुमा पनि मर्नेको संख्या हजारौं हजार को खवर विभिन्न मिडिया र अन्नलाई बाट सुन्न आएकाे बखत हाम्रो देश नेपाल गरिबी को रेखामुनी छ ।

साथै भारत र चिन सँगको खुल्ला नाकाले गर्दा अहिले नेपालमा संक्रमित को संख्या चार सय नाघेको छ मर्नेको संख्या पनि दिनानुदिन बड्दैछ । भोलि त्यहि समस्या ननिम्त्याउला भन्नू छैन हाम्रो देश दुई ढुङ्गा बिचको तरुल हो भन्ने पनि सबै मा अबगत छ । अहिले हाम्रो देश ईशारामा नाच्ने बिरालो बनेको छ ।नबनोस पनि कसरी रेमिटेन्स ले देश चलेको छ । अनि गाँस बाँस कपास अरुकै भरमा मा बाच्नु परेको छ । ८०% प्रतिश सत कृषि मा अाधारित मेरो देश गासको लागि पनि अर्कै देशमा परनिर्भर भएर बाँचेको छ ।

त्यसैले वडा नं १ देखि ६ सम्म का विध्यार्थी देखि मझदुर गर्दै आएका जगन्नाथ गाउँपालिका का तीन सय भन्दा बढी काेभिड १९ का कारणले हामीहरुको जीवन एक्दमै कष्टकर भइरहेको छ । ताकी हामीहरूको खान पिनको लागि एक छाक टार्न पनि धौ धौ भईरहेको र कोटा भाडाले गर्दा घर मालिक ले एकदमै टचर दुःख दिदै आएका छन् र केही गरि यो माहमारिले अाक्रमण गरिहाल्यो भने पनि हामीहरुले उपचार नपाई र भोकै मर्नु पर्ने अवस्था आउने भएकोले हामी सबै को एक मात्र माग गाउपालिका अध्यक्ष ज्यूसँग बिनम्र अनुरोध छ ।

छिटोभन्दा उद्वार गरि पाउँ यदि हजुरहरुलाइ यश बारे कुनै नीति नियम थाहा छैन भने छिमेकी गाउपालिका पलाँता अनि पचालझरना गाउपालिका सँग ज्ञ्यान लिनुहोस होइन भने उनिहरुले आफ्नो देश भन्दा छिमेकी देश भारत बाट उद्वार गर्न सक्षम हुने तिमीहरू २०० राहात को वयवस्था गर्ने नालायक हरु चलाउन सक्छौ भने सबल सक्षम भएर चलाउ हैन भने तिमी जस्तो हजारौहजार युवा जन्मेको छ हामी चलाउछौ । यस्तो संकटमा कुनै पनि कसिमको कदम चालिएन भने हामी जस्तो सुकै मुल्य चुकाउन तम्मतयार हुनेछौं ।

भोलि समय मै उद्वार भएन भने ३०० सय भन्दा बढी पिडित जनताकोभोटको हकदार तिमी हो भने यिनीहरूको सुरक्षाको हकदार पनि तिमी नै हो । यदि उद्वार हुदैन भने भोलि यी सबैको एउटै माग हुने छ गाउँपालिका अध्यक्ष ज्यू को राजिनामा हुजुपर्छ ।

होईन भने सक्भर आफै आट गर होईन भने अरुको हेरेर नक्कल गरेर गाउँपालिकाको प्रशासन चलाउ मन परि काम गर्न पादैन यो लोकतन्त्र हो गणतन्त्र हो सुसासन कायम हुनु पर्छ । फेरि पनि म बिनम्र अनुरोध गर्दछु अध्यक्ष ज्यू छिटोभन्दा छिटो उद्वार गरिपाउँ ।

निवेदक गणेश बहादुर शाही

हाल काठमाडौं चन्दागिरी नगरपालपका वडा नं ५