सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्सा सार्वजनिक गर्दै

काठमाडौं, सरकारले नयाँ नक्सा बुधबार (आज) सार्वजनिक गर्दै छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्ताव गरेको यसअघि छुटेका लिम्पियाधुरासहितको नक्सा सोमबार मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो ।

आज राष्ट्रिय टेलिभिजनमार्फत् सार्वजनिकीरण गर्ने कार्यक्रम रहेको मन्त्री पदमा अर्याललको सचिवालयले जनाएको छ । दिउँसो २ः१५ बजे नयाँ नक्सा सार्वजनिक गर्ने तयारी रहेको सचिवालयले जनाएको छ । बुधबार दिउँसो २:१५ बजे नक्सा सार्वजनिक गर्ने मन्त्रालयको भनाइ छ।