आँखामा बसेर नगर्नु छलफल खतरा हुन्छ

गजल

आँखामा बसेर नगर्नु छलफल खतरा हुन्छ,
यी आँसुहरुको चहल पहल खतरा हुन्छ ।

बर्सौ देखि कोहि नबसेको दिलमा तिमी बस्यौं
निस्किन खोज्यौ भने कुनैपल खतरा हुन्छ । 

सिउदोमा अर्कैको सिंदुर लगाउ ठिकै छ
मेरो नामको लगाइनौ भने गाजल खतरा हुन्छ ।

जिन्दगीको डुङ्गा नसकिएला संगसंगै तैरिन
सवार भइएन भने केही दूरी पैदल खतरा हुन्छ ।

दैलेख